शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • भ्रष्ट्राचार गर्ने वडा अध्यक्षलाई माओवादीले पार्टीबाट निकाल्यो

भ्रष्ट्राचार गर्ने वडा अध्यक्षलाई माओवादीले पार्टीबाट निकाल्यो


कान्तिपथ


धनुषाको सहिदनगर नगरपालिका ८ का निलम्बित वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेपछि निलम्बनमा परेका वडाध्यक्ष तनुकलाल कुसियैत यादवलाई माओवादी केन्द्रले पार्टीबाट पनि निकालेको हो।

पार्टीको सहिदनगर नगर कमिटीका अध्यक्ष रहेका कुसियैतले पार्टीको विधानविपरित क्रियाकलाप गरेकाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको माओवादी केन्द्रले जनाएको छ।

यही असार १५ गते बसेको नगर कार्यसमितिको बैठकले यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

अघिल्लो कार्यकालमा पनि वडाध्यक्ष रहेका यादवले २०७४ सालमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनी निलम्बनमा परेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत