बुधबार, माघ ३०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • अनाधिकृत रुपमा मेडिकल सञ्चालन गर्ने ११ भारतीयसहित १५ जना पक्राउ

अनाधिकृत रुपमा मेडिकल सञ्चालन गर्ने ११ भारतीयसहित १५ जना पक्राउ


कान्तिपथ


कञ्चनपुर- कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरि कारवाही अगाडी बढाएको छ ।

प्रहरीले दोधारा चाँदनी र भीमदत्त नगरपालिकाबाट मेडिकल दर्ता नगरी तथा बिना इजाजत जोखिमपूर्ण औषधीहरु बिक्री वितरण गर्दै आएका ११ जना भारतीय नागरिकसहित १५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक संजय बिश्वास, राजेश विश्वास, सन्तोष सरकार, सुधान्सु हवल्दार, रवि विश्वास, कार्तिक सरदार, निवास गाइन, निरन्जन अधिकारी, शान्तिरजंन अधिकारी, भुपेन्द्र पुरी र गोकुल मण्डल रहेका छन् ।

यस्तै सीएमए पढेका तर इजाजत बिना औधषी बिक्रि वितरण गर्दै आएका भीमदत्त नगरपालिका ७ बस्ने बिमला उपाध्याय, १० बस्ने सुरेश पाण्डेय र मोहनबहादुर रोकाया तथा १६ बस्ने राजेन्द्रबहादुर चन्दलाई पक्राउ गरी कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये कतिपयले घरबाटै औषधीहरु बिक्रीवितरण गरेको पाएको छ भने कतिपयले इजाजत बिना मेडिकल संचालन गरेको पाइएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो । यसरी कानुन विपरीत संचालनमा रहेका मेडिकलहरुबाट ठुलो मात्रामा औषधी समेत बरामद भएको उहाँको भनाई छ ।

प्रहरीका अनुसार यसरी बिना इजाजत खोलिएका मेडिकल सञ्चालन गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ इलाज सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत