शनिबार, चैत्र २८, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • २५ बुँदे प्रतिबद्धतासहित एनआरएनए माल्टाको अध्यक्षमा खनालको प्यानल घोषणा

२५ बुँदे प्रतिबद्धतासहित एनआरएनए माल्टाको अध्यक्षमा खनालको प्यानल घोषणा


कान्तिपथ


एनआरएनए नेपाली संघ माल्टाको आगामी २०२३–२५ कार्यकालका लागि रेमलाल खनाल (रेम्स) ले उम्मेदवारी घोषणा गरेका छन् । २५ बुँदे प्रतिबद्धतासहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

खनालले समग्र माल्टावासीको आग्रहलाई स्वीकार गर्दै आफू निर्वाचनमा होमिएको बताए । उनले आफू माल्टामा सर्वसम्मति नेतृत्वको पक्षमा रहेको तर जति पहल गर्दा पनि हालको कार्यसमितिका केही पदाधिकारीले निर्वाचनको विकल्प नदिएपछि उम्मेदवारी घोषणा गरेको बताए ।

कार्यक्रममा एनआरएनए पोर्चुगलका पूर्व अध्यक्ष भिमकमल केसी, समाजसेवी एवं माल्टाका सफल व्यवसायी प्रकाश भण्डारी, सन्देश केसीलगायतले खनाललाई विजयी गराउन माल्टावासी नेपालीहरूलाई आग्रह गरे ।

अध्यक्षका प्रत्याशी खनालले ‘पद्धति र पारदर्शिता समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आफ्नो २५ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यस्तो छ उनको समूहको प्रतिबद्धता :

१) संस्थाको आफ्नो कार्यलय सन्चालन हुनेछ।संस्थाको कोषमा हुने रकममा आर्थिक पारदर्शिता हुनेछ। संस्थाका हरेक सामाजिक तथा आर्थिक गतिविधिलाई पारदर्शी रुपमा आधिकारिक सामाजिक संजालको एकाउन्ट साथै गैरआबसिय नेपाली संघ एनआरएनए माल्टाको आधिकारिक वेभसाइट बनाएर राखिनेछ ।

२) आम नेपाली श्रमिकहरुका लागि चरणवद्ध तरिकाले आई पर्ने समस्याको उचित समाधान सहित चेतनामुलक कार्यक्रमहरु संचालन गर्दै माल्टामा क्रियाशील सबै संघ–संस्थाहरुसँग संस्थागत रुपमा संम्वन्ध स्थापित गरि थप कार्यहरु गरिनेछ ।

३) नेपाल सरकार तथा माल्टा सरकार सँग समन्वय गरी श्रम नवीकरण, पासपोर्ट नवीकरण गर्न , प्रत्येक ३ महिनामा एक पटक घुम्ती शिविर चलाउन पहल गरिनेछ ।

४)संस्थाका आन्तरीक बैठक बाहेक सबै बैठकहरु प्रतक्ष प्रशारण गरी संस्थको पारदर्शिता कायम राख्ने ।
५) माल्टामा काम गर्दैगर्दा कम्पनी परिबर्तन गर्नु पर्ने बेला आई पर्ने ID Malta, Jobplus सम्बधि समस्याको समाधानका निम्ती DIER र GWU संग सहकार्य गरी समाधानका निम्ती उचित पहल गरिनेछ।

६) हाल नेपाल सरकारले लागू गरेको सामाजिक सुरक्षाकोषको प्रचार प्रसारको लगि सचेतना मूलक कार्यक्रमहरु गरिनेछ ।

७) नेपाल सरकार , नेपाली दुताबास, नेपाली नियोग एवंम अबैतनिक बाणिज्य दुत र माल्टामा क्रियाशील संघसस्थाहरु बिच आपसी सहाकार्य र दिगो संबन्ध स्थापित गर्न पहल गरिनेछ ।

८) नेपाल सरकारसंग सहकार्य गरी नेपाली समुदायमा आइपरेका समस्या तथा समस्यामा परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल एवं रचानात्मक ढंगवाट कार्य सम्पादन गरिनेछ ।

९) नेपाल र नेपालीको पहिचान झल्कने गरी नेपाली कला तथा संस्कृतिलाई माल्टा र विश्व सामु चिनाउनका लागि गैरआवासीय नेपाली संघको विश्व संजाल र एनसिसि माल्टाको सहकार्यमा आवश्यक कार्यक्रमहरु गरिनेछ ।

  1. “राष्ट्रको लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल मन्त्रका साथ विभिन्न बिधाका खेलमा प्रतियोगिताको आयोजना गरिनेछ । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद सँग समन्वय गरी माल्टाबाट विभिन्न खेल विधाका उत्कृष्ट खेलाडीहरुलाई युरोप र नेपालमा हुने बिभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागि गराइने छ ।

११) बैकल्पिक राहत कोषको स्थापना गरिनेछ । वैकल्पिक राहत कोषलाई आर्थिक रूपमा दरिलो बनाउनका लागि गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद र विभिन्न दाताहरूसँग सहयोगमा स्थायी कोषको ब्यबस्था गरिनेछ।

१२) संस्था भित्र हुने विभिन्न गुट–उप–गुट साथै अवैधानिक क्रियाकलापलाई निरुत्साहित एवं बञ्चित गरिनेछ र संस्थालाई संगठित गरी पारदर्शिता साथै माल्टामा रहेका सम्पुर्ण नेपालिहरुको अभिभावकत्व महसुस हुने गरी काम गरिनेछ ।

१३) रोजगारीको शिलशिलामा माल्टामा रहदै गर्दा असामयिक निधन वा बिभिन्न किसिमका घटना दुर्घटना भएमा संस्थागतरुपमा सबै किसिमको आर्थिक एबम भौतिक व्यवस्थापनमा सहयोग गरिनेछ ।

१४) नेपालमा दैविक प्रकोपले पार्ने विभिन्न अफ्ट्याराहरु लाइ मुल्यांकन गरी आवश्यक सहयोग र राहत कार्यमा समन्वय गर्दै सहयोग गरिनेछ ।

१५ ) माल्टामा नेपाली समुदायको बढ्दो चापलाई मध्यनजर गर्दै पुजा पाठ र बिबाह बर्तबन्धको लागि मन्दिर स्थापनाको लागि कार्ययोजना ल्याई आम सहभागिता र सहयोगमा काम गरिनेछ ।

१६) उच्च शिक्षा हासिल गर्न अध्ययनको शिलशिलामा माल्टामा रहुनु हुने बिध्यार्थी दाजुभाइ तथा दिदिबहिनिहरु को सम्स्याहरु बूझी समस्याको समाधानको निम्ति सम्बन्धित निकाय संग पहल गरिनेछ ।

१७) गोजो लाई LCC दिलाउने कार्य र गोजोमा बसोबास गर्ने नेपालीहरुलाई अभियानमा रचनात्मक तरिकाले LCC मा जोडेर अगाडि बड्न सहकार्य गरीने छ ।

१८ ) संस्थामा बिभिन्न उपसमिती निर्माण गरी आम माल्टाबासीहरुलाई संस्थाको समिपमा राख्न उचित पहल गरिनेछ ।

१९) परदेशमा भएका हामी बिभिन्न भाषागत एंवम कानुनी समस्या आई पर्दा परिने परिबन्धलाई निर्मुल गर्न उचित पहल गरिनेछ।

२०) दोस्रो पुस्ताको रुपमा हुर्किदै गरेका नेपाली समुदायको बाल बालिकाहरुलाई नेपालसंग जोडि राख्न उचित कार्यक्रमको ब्यबस्था गरिनेछ ।

२१) संस्थाको छुट्टै लेखा समिति निर्माण गरि संस्थालाई बैधानिक तरिकाबाट पारदर्शि बनाईनेछ ।

२२) नेपालीहरुमा सहि सुचना नपाउने कारण पर्ने समस्याको मध्यनजर गरि communication and information desk स्थापना गरिनेछ ।

२३) माल्टामा भएका सम्पुर्ण नेपालीहरुले आफ्नोपन महसुस गर्ने गरि नेपाली चाडबाडहरुलाई बिभिन्न संघसस्थाको सहकार्यमा कार्यक्रमहरु आयोजना गरिने छ ।

२४) पछिल्लो समय हाम्रो केहि नेपाली साथिहरु कुलतमा फसेको सुनिएकोले उनिहरुलाई कुलतबाट निस्किनका लागी सचेतना एंवम उचित परामर्श प्रदान गरिनेछ ।

२५) माल्टाको कानुनसंग नबाझिने गरि माल्टा एनसिसि संचालन गरिनेछ । २०२५ मा माल्टा एनसिसि संसारकै अबल एनसिसिको रुपमा स्थापित गर्न सबै नेपाली समुदायसंगको सहकार्यमा काम गर्नेछौ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत