शुक्रबार, जेष्ठ १, २०८३

प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको हत्या भएको खुलासा


कान्तिपथ


बागलुङ । इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार श्रावण ८ गते साँझ ८ बजे बडिगाड गाउँपालिका वडा नं. ६ स्थित आशा होटल एण्ड खाजा घरमा वरिष्ठ सई पौडेल गएको र सोही होटल सञ्चालिका आशा कुँवर र निजको छोरा विनोद कुँवरसँग विवाद हुँदा विनोदको मुक्का प्रहारबाट घाइते भएका पौडेलका पर्दाको कपडाले घाँटी कसी हत्या गरेको खुलेको छ । 

रातको साढे एघार बजे सो घटना भएको र घटनामा संलग्न दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र निजका छोरा २० वर्षीय विनोद कुँवरलाई ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय भिमगिठे देखि करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिब ८० किलोमिटरको दुरीमा पर्दछ। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत