शुक्रबार, जेष्ठ १, २०८३

१ क्विन्टल सुन तस्करीका मुख्य नाइके पक्राउ !


कान्तिपथ


१ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका ठमेलको भियना होटलका सञ्चालक दावा छिरिङ नेपालमा चिनियाँ गिरोह भित्र्याउने नाइके (मुख्य व्यक्ति) रहेको पाइएको छ। दावालाई राजस्व अनुसन्धान विभागको टोलीले आइताबर ठमेलस्थित उनकै होटलबाट पक्राउ गरेको थियो।

प्रहरी उच्च स्रोतका अनुसार चिनियाँ व्यक्ति संलग्न भएर नेपालमा हुने हरेकजसो अपराधमा दावाको कनेक्सन जोडिन्छ। नेपालमा हुने अनलाइन जुवा, अनलाइन ठगी, लोन, एमएस, अश्लिल भिडियो देखाएर हुने ब्लयाकमेलिङ ठगी लगायतमा उनको संलग्नताका प्रमाणहरु देखिएको प्रहरीको भनाइ छ।

प्रहरीले काठमाडौंमा विशेष अपरेशन चलाएर १२२ चिनियाँ नागरिकलाई पक्राउ गर्दा दावा पनि पक्राउ परेका थिए। पछि उनी छुटेका थिए।

तिब्बती मुलका दावासँग नेपालको र बेल्जियमको दोहोरा नागरिकता रहेको खुलेको छ। उनले काभ्रेबाट नेपाली नागरिकता लेखिएको देखिएको प्रहरी स्रोतको भनाइ छ।

दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेका छन्। दावाको माओवादीका केही नेताहरुसँग राम्रो सम्बन्ध रहेको पनि उच्च स्रोतको दाबी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत