शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • डोल्पाको प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरीका १६ वटा सिँडीमा तोडफोड

डोल्पाको प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरीका १६ वटा सिँडीमा तोडफोड


कान्तिपथ


डोल्पा। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरको सिँडी तोडफोड भएको छ ।

अज्ञात समुहद्धारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँडि मध्येका सोह्रवटा सिँडि तोफफोड भएको हो ।

हिन्दूहरुको पवित्र शक्तिपिठसँगै मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित त्रिपुरासुन्दरीमा श्रृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताउनुभयो ।

विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँडिका ढुगांहरु हतौडा प्रयोग गरेर तोडफोड भएको उहाँले जानकारी दिनुभयो । कसले कुन कारणले सिँडि फुटायो अझै पत्ता नलागेकाले पत्ता लगाउन सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।

यसअघि पनि अज्ञात समुहरुले मन्दिरका सिँडी तोडफोड गरेपछि विज्ञप्तीनै निकालिएको थियो ।
त्रिपुरासुन्दरी मन्दिर दर्शनकालागि देश विदेशबाट भक्तजनहरु आउने गर्दछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत