मङ्लबार, माघ १, २०८१

५० हजारको च्याङ्ग्रा २५ हजारमै बेचिँदै


कान्तिपथ


पोखरा ।  यो वर्षको दसैँमा पोखरामा अघिल्ला वर्षको तुलनामा  ५० प्रतिशत मासुको खपत कम भएको छ । अघिल्ला वर्षमा करिब एक अर्ब बराबरको भेडा च्याङ्ग्रा, खसी, बोका, राँगा, भैँसी तथा कुखुराको मासुको  खपत हुने गरे पनि यस बर्ष पोखरामा त्यसको आधा पनि मासु खपत नभएको व्यावसायीहरु बताउँछन्  ।

कोरोना पछि हाल अर्थतन्त्रमा परेको प्रभावका कारण मासुको खपत घटेको हुनसक्ने उहाँहरूको भनाई छ । मासुको खपत कम भएसँगै हिमाल पारीको जिल्ला मुस्ताङ, डोल्पा, बझाङ लगायतका क्षेत्रबाट पोखरामा बिक्रीको लागि ल्याएका भेडा च्याङ्ग्रा खासै बिकेनन् । 

सोंचेजसरी खसी च्याङ्ग्रा नबिकेपछि यत्तिखेर व्यवसायीहरूले सहुलियत मूल्यमा च्याङ्ग्रा बिक्री गर्न सुरु गरेका छन् । सुरुमा प्रति भेडा च्याङ्ग्रा ५५ हजार मूल्यमा बिक्री गरेका व्यवसायीहरूले टिकाको अघिल्लो दिनदेखि मूल्यमा ५० प्रतिशतसम्म छुट दिएर बिक्री गरेका हुन्  । अझै पनि पोखरामा हजार भन्दा बढी भेडा च्याङ्ग्रा बिक्रीको लागि राखिएको  व्यवसायी प्रकाश बुढाथोकीले बताउनु भयो । उहाँहरूको समूहले ५ सय भेडा च्याङ्ग्रा बिक्रीको लागि पोखरा ल्याए पनि अझै १ सय ४५ वटा बाँकी रहेको बनाउनु भयो । डोल्पाबाट ल्याएका भेडा च्याङ्ग्रा हाल २५ हजारमा बिक्री गर्न थालेको उहाँले बताउनु भयो ।  बुढाथोकीले अब तिहारसम्म उक्त भेडा च्याङ्ग्रा बिक्रीको लागि पोखरामै बस्नुपर्ने बनाउनु भयो । डोल्पाबाट करिब एक महिना लगाएर करिब ५ सय भेडा च्याङ्ग्रा बिक्रीको लागि पोखरा ल्याउनु भएका अर्का व्यवसायी युद्ध बस्नेतको समूहले १६ हजार देखि १९ हजारसम्ममा भेडा,च्याङ्ग्रा  बिक्री गरी घर फर्किन लागेको बताउनुभयो ।

पोखरामा यस वर्षको दसैँ पर्व लक्षित गरी करिब ९ हजार खसी बोका खरिद गरे पनि अझै ४ हजार ५ सय जसो खसी बोका बिक्री नभएको पोखरा खसी बोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताउनुभयो । अन्य वर्षको दसैँमा भन्दा यस वर्ष दसैँको रौनक केही कम हुने सक्ने आशङ्कामा याे वर्ष कम खसी बोका खरिद गरे पनि त्यो पनि सबै बिक्री नभएको उहाँले बनाउनु भयो । जब बजारमा चहल पहल र मानिसहरूको भिडभाड कम हुन्छ त्यसले दसैँका अवसरमा हुँदै आएका आर्थिक क्रियाकलापमा प्रत्यक्ष असर पार्ने  व्यवसायीहरू बताउनु हुन्छ ।

पाल्पा, नवलपरासी, स्याङजा, गोर्खा, तनहुँ लगायतको क्षेत्रबाट खसी बोका पोखरा ल्याउने गरिन्छ । जिउँदो खसीको प्रतिकेजी ६ सयदेखि ६ सय ७० रुपैयाँसम्म पर्ने गरेको छ भने खसीको तयारी मासु प्रति केजी १ हजार २ सय रुपैयाँसम्म पर्ने गरेको छ । समितिको बाहेक पोखरा क्षेत्रमा व्यक्तिगत रुपमा किसानहरुले उत्तिकै सङ्ख्यामा खसी/बोका खरिद गर्ने गरेको पाइन्छ । पोखरामा अन्य दिनमा पनि दैनिक जसो ५० हजार भन्दा बढी कुखुराको मासु बिक्री हुने गरेको बताइन्छ ।

हिमाल पारीको जिल्ला मुस्ताङबाट यस बर्ष ५ हजार ७ सय ५५ वटा भेडा च्याङ्ग्रा निका सी भएका छन् । सोमबारसम्ममा मुस्ताङबाट ५ हजार ७ सय ५५ वटा भेडा / च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका निमित्त कार्यालय प्रमुख ऋषिराम पोखरेलले बताउनु भयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत