जिल्ला प्रहरी परिसर, ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका एक जना पूर्वउपरथीसहित ८ जनालाई पक्राउ गरेको छ ।
मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पक्राउ परेको प्रहरी स्रोतले बतायो । अनुसन्धान अधिकृतहरुका अनुसार, ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।
‘पहिले घरमै खेलाउने गरेको सूचना थियो, तर खोजी हुन थालेपछि अहिले क्लासिक टावरको ए ब्लकमा खेलाउने गरेका रहेछन्’, स्रोतले भन्यो, ‘जुवा ऐनअन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं ।’
प्रहरीले उनीहरुको साथबाट १६ लाख ८२ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाको नाम प्रहरीले खुलाएको छैन । तर उनीहरु ललितपुरका उच्च ब्यापारिक घरानाका व्यक्ति रहेको बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ