बुधबार, बैशाख ९, २०८३

रक्षक नै भक्षक : ल्यापटप चोरेपछि प्रहरीका असई समातिए


कान्तिपथ


ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट सशस्त्र प्रहरी बलमा कार्यरत असईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रमेश भण्डारी छन् ।

स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए । अस्पतालबाट ल्यापटप चोरेको सिसिटिभी फुटेजमा देखिएको छ । असई भण्डारी पोखराको लामापाटनस्थित तालिम गरिरहेका छन् । उनी बिदा लिएर धनगढी पुगेका हुन् ।

प्रहरीले उनलाई चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत