सोमवार, अशोज २८, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • युद्धको चेपमा नेपाली : रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु

युद्धको चेपमा नेपाली : रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु


कान्तिपथ


काठमाडौं – रुसी सेनामा कार्यरत ६  जना नेपालीको मृत्यु भएको  छ । परराष्ट्र मन्त्रालयले सोमवार एक विज्ञप्तिमार्फत रुसी सेनामा कार्यरत रहदा निधन भएका ६ जना नेपालीहरुको नाम सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार मृत्य हुनेमा सन्दीप थपलिया (गोरखा), रुपक कार्की वाणगंगा १, कपिलवस्तु, देवान राई पोखरा, कास्की, पितम कार्की पुतलीबजार-५, स्याङ्गजा, राजकुमार रोका मेलुङ्ग-६, दोलखा र गंगाराज मोक्तान इलाम-५, इलाम रहेका छन् ।

विज्ञाप्तिमा रुसी सरकारलाई उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको छ ।

सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन  रुससमक्ष अनुरोध गरेको छ ।

त्यस्तै रुसी सेनामा भर्ना भइ युक्रेनमा बन्धक बनाइएका नेपाली विवेक खत्रीलाई नेपाल फर्काउने पहल भइरहेको समेत मन्त्रालयले जानकारी गराएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत