सोमवार, मंसिर २४, २०८१
  • गृहपृष्‍ठ
  • प्रशासन
  • सिरहामा मिटरब्याज पीडितको आक्रोश: साहुले हडपेको खेतको धान काटेर भित्र्याए

सिरहामा मिटरब्याज पीडितको आक्रोश: साहुले हडपेको खेतको धान काटेर भित्र्याए


कान्तिपथ


सिरहा- सिरहाका मिटरब्याज पीडितहरूले साहुले हडपेको खेतको धान काटेर भित्र्याएका छन् ।

सिरहा नगरपालिका १९, सन्हैठामा बिहीबार मिटरब्याज पीडितले साहुद्वारा हडपेको जमिनको धान काटेर भित्र्याएका हुन् ।

स्थानीय रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते एक लाख रुपैयाँ लिएका थिए । त्यसबापत उनले चार लाखको कपाली, १० कठ्ठा ११ धुर र ३ कठ्ठा ९ धुरसहित जम्मा १४ कठ्ठा जमिन धितोबापत राजिनामा पास गरिदिएका थिए ।

उनले भने, ‘लिएको ऋणबापत ४ लाख तिरिसकें । तर, योगेन्द्रले जमिन फिर्ता गरेनन् । उनले थप दुई बिघा १० कठ्ठा ६ धुर जमिन कब्जा गरे ।’ त्यसपछि जग्गा फिर्ताका लागि पटकपटक छलफल र आग्रह गरे पनि योगेन्द्रले नमानेको रामशरण बताउँछन् ।

मिटरब्याजसम्बन्धि आयोग र कानुन बनेपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराए पनि झुलाउने काम मात्रै भएपछि बिहीबार खेतको धान काटेर भित्र्याएको रामशरण बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाले मिटरब्याज (अनुचित लेनदेन) का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन् ।।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत