शनिबार, माघ ५, २०८१

एनसेलसँग कर असुलउपर गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन


कान्तिपथ


काठमाडौँ । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले तिर्न बाँकी कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले एनसेलको सेयर खरिद विक्री अध्ययन तथा छानविन समितिको प्रतिवेदन समेतलाई आधार मानी प्रचलित कानून बमोजिम राज्यलाई बुझाउनुपर्ने कर रकम असुलउपर गर्न निर्देशन दिएको हो ।

साथै, बैठकले एनसेलमा लगानी गर्ने विदेशी कम्पनीले हालसम्म लगेको रकमको वितरण राष्ट्र बैङ्कबाट मगाउन पनि निर्देशन दिएको छ ।

यस्तै बैठकले एनसेलको सेयर खरिद विक्री अध्ययन तथा छानविन समितिको प्रतिवेदन नआउन्जेलसम्म सेयर कारोबारका लागि कुनै पनि स्वीकृति तथा सहमति नदिन पनि निर्देशन दिएको छ ।

बैठकले यथाशीघ्र दूरसञ्चार ऐन र नियमावली संशोधन गर्न, वैदेशिक लगानी भएका ठूला कम्पनीको सेयर खरिद बिक्री गर्दा खरिदकर्ताको क्षमता र अनुभव भए नभएको चेकजाँच गर्न समेत सरकार र सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत