बुधबार, चैत्र २५, २०८२

बाघको सङ्ख्यामा वृद्धि : सोमेश्वर जैविकमार्गमा १४ पाटेबाघ भेटिए


कान्तिपथ


चितवन।चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा १४ वटा पाटेबाघ भेटिएका छन् । निकुञ्जले गत असोज २५ गतेदेखि ४० दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा आठ पोथी र छ भाले बाघ भेटिएको हो ।

सो मार्गलाई ६२ ‘ग्रिड’मा विभाजन गरी बाघको अनुगमन गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ६२ जोडी ‘क्यामेरा’ दुई–दुई वर्ग किलोमिटरको क्षेत्रफलमा जडान गरिएको थियो । सो क्षेत्रमा सन् २०१८ मा गरिएको सर्वेक्षणमा तीन र सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणमा आठ बाघ फेला परेका थिए । संरक्षणकार्यमा स्थानीय समुदायको सहभागिता र कार्यालयको अथक प्रयासपछि बाघको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको सूचना अधिकारी तिवारीले बताउनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत