बुधबार, बैशाख ९, २०८३

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ


कान्तिपथ


काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम, नगद ८० हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बोहोराटर बस्ने २८ वर्षीय विजय बोहोरा, बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३६ वर्षीय अनिल तामाङ, ३९ वर्षीया मुस्कान तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३७ वर्षीय हरि बहादुर बस्कोटा रहेका छन् ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बिजयको साथबाट करिब ५ सय मिलिग्राम उक्त पदार्थ, अनिल तथा मुस्कानको कोठाबाट २ ग्राम ५ सय मिलिग्राम तथा नगद २० हजार रूपैयाँ र हरिबहादुरको कोठाबाट १० ग्राम उक्त पदार्थ, नगद ६० हजार रूपैयाँ र डिजिटल तराजु बरामद गरेको हो ।

यसैगरी बर्दियाकाे गुलरिया नगरपालिका-३ निमकोठिया बस्ने २४ वर्षीय जगमोहन रैदासलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय दिप्पु चौधरी र २९ वर्षीय अशोक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाकाे मेचिनगर नगरपालिका-७ इँटाभट्टा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित मेचिनगर नगरपालिका-७ बस्ने २९ वर्षीय अमर रिमाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी रौतहटकाे चन्द्रपुर नगरपालिका-५ राजपैडा टोल बस्ने ३५ वर्षीय किरन कुमार विश्वकर्मालाई अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरीकाे धरान उपमहानगरपालिका-२० भज्याङ छेउस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित ईटहरी उपमहानगरपालिका-१० बस्ने ४० वर्षीय राम कुमार चौधरी समेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरीले को.२७ प ४८४७ नम्बर, को.१८ प ४६४० नम्बर, प्रदेश नं. १-०२-००६ प ६५० नम्बरका ३ वटा मोटरसाइकल र बागमती प्रदेश-०१-०२६ च ५०१९ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत