बिहिबार, बैशाख १०, २०८३

एसएसपीसहित १० जना प्रहरी कारबाहीमा


कान्तिपथ


काठमाडौं । नेपाल प्रहरीविरुद्ध गएको आर्थिक वर्षमा ६७० उजुरी परेको छ ।

प्रहरी प्रधान कार्यालयको वार्षिक काम कारबाही बारे गरेको पत्रकार भेटघाटमा प्रहरीविरुद्ध नै उजुरी आएको हो ।

सातवटा प्रदेश र उपत्यकामा गरी उक्त उजुरी परेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

डीआईजी कार्कीका अनुसार गएको आर्थिक वर्षमा एकजना एसएसपी, १ एसपी, २ डीएसपी र ६ प्रहरी निरीक्षक छन् । अन्य जुनियर प्रहरी अधिकारी र प्रहरी जवान छन् ।

उजुरी पर्नेमा काठमाडौं उपत्यकामा पनि धेरै रहेको पाइएको छ । उपत्यकामा मात्रै ८२ जना प्रहरी अधिकारीविरुद्ध उजुरी परेको छ । सबैभन्दा बढी उजुरी भने गण्डकी प्रदेश प्रहरीविरुद्ध परेको छ ।

उजुरी आएका प्रहरी अधिकारीमाथि छानबिन गरेर विभागीय कारबाही भएको डीआईजी कार्कीले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत