बिहिबार, माघ १, २०८२

इन्सपेक्टर ‘सम्पर्कविहीन’, मन्त्रालयले निकाल्यो सूचना


कान्तिपथ


काठमाडौँ । प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा प्रिति मिश्र मातहतको निकायबाट सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले सूचना जारी गरेको छ ।

पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत रहेको जनाइएको छ ।

तर, उनी गत वैशाख १० गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराई बिदा बसेकोमा हालसम्म पनि सम्पर्कमा नआएको भन्दै मन्त्रालयले हाजिर हुन आउनेसम्बन्धी सात दिने सूचना जारी गरेको हो ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र आफु गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित नआए भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने मन्त्रालयको सचिवस्तरीय निर्णयमा भनिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत