धनगढी । अछामको तुर्माखाँद गाउँपालिकामा असार पहिलो साता आर्थिक बर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम गाउँ सभामा पेश भयो ।
पालिका अध्यक्ष डम्बर बहादुर विसीले २२ पेज लामो नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेका थिए ।
नीति तथा कार्यक्रम पेश गरे लगत्तै अध्यक्ष विसीले गाउँ छोडेर जिल्ला बाहिर लागे।
नीति तथा कार्यक्रम पास लगत्तै उनी हाकिम ल्याउने निहुँमा काठमाडौं हुइकीयएको पालिकाका एक कर्मचारीले कान्तिपथलाई बताए ।
गाउँसभा अलपत्र पारेर उनी अहिले पार्टीका नेताहरुका घरदैलोमा चहाँदै दिनहरु विताई रहेको नाम नभन्ने सर्तमा एक वडाध्यक्षले कान्तिपथलाई बताए ।
ति वडाध्यक्षले भने–अध्यक्षको एकलकाटे नीतिले स्थानीय कर्मचारी देखी जनताहरुले सास्ती खेप्नु परेको छ ।
पालिका प्रमुखलाई कुनै वास्ता नै छैन् । पालिका निमित्तको भरमा चलेको थियो । गाउँसभा अलपत्र परेको छ ।
असार १० गते भित्र स्थानीय सरकारले सभामा बजेट पेश गरि असार ३० गते भित्र अनुमोदन गरेर पालिका प्रमुखले ७ दिन भित्र प्रमुख प्रशासकीय अधिकृतलाई खर्च गर्ने अख्तियारी दिनु पर्ने ऐनमा व्यवस्था छ ।
तर अध्यक्ष विसी भने सुर्खेत, काठमाडौं, धनगढी लगाएतका सहरहरुका फाेटाेहरू सामाजिक सञ्जालमा पाेस्ट्याउने गरेका छन् ।
गाउँसभा अन्त्य नै नगरी जिल्ला बाहिर जाँदा पालिकाको खाता समेत संचालन हुन सकेको छैन ।
बजेट पास नहुँदा कर्मचारीको तलव भत्ता, बिकास निर्माण र सामाजिक सुरक्षाको काम ठप्प भएको छ ।
स्वास्थ्य क्षेत्रमा आपतकालीन औषधी र स्वाथ्योपचार गर्न कठीनाई भैरहेको छ ।
अध्यक्षको गलत गतिविधीले स्थानीयहरुले सामाजिक संजालमा टिका टिप्पणी गर्दैं आएका छन्।
यस अघि कान्तिपथले बुधबार साउन १६, २०८१मा “गाउँसभा अलपत्र पारेर अध्यक्षको काठमाडौंका दोहोरी साँझमा मस्ती” शिर्षकमा समाचार प्रकाशित गरेकाे थियाे। उक्त समाचार प्रकाशित भएपछि अध्यक्ष बिसीले कान्तिपथ डटकममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेका थिए ।
उक्त समाचारकाे खण्डन गर्दै प्रमुख प्रशासकिय अधिकृतको टुंगो लगाएर आफू पालिका पुगेको जनाएका थिए ।
तर यता, एक सातानै वित्दा पनि पालिकामा प्रमुख प्रशासकीय अधिकृत पुगेका छैन्न ।
समाचार स्राेतका अनुसार अध्यक्ष अहिले धनगढीमा पार्टीका नेताहरुको घरदैलो चहारिएका छन् ।
उनले दैनिक कुनै मन्त्री र नेताहरुको छेउमा उभिएर फोटाहरु सामाजिक संजालमा पोष्टाउने गरेको पाईएको छ ।
अध्यक्ष विसी स्थानीयबाट आलोचित हुँदै आएका छन् ।
अध्यक्ष विसी नेकपा एमालेबाट निर्वाचित छन् । उनकै पार्टीका वडाध्यक्ष पालिका अध्यक्षको यो हर्कतबाट दिक्क समेत छन् ।
अध्यक्षका यस्तै गतिविधीले आजित आफ्नै पार्टीबाट निर्वाचित वडा नम्बर ८ का अध्यक्ष निरक शाहीले निवासमा भकुरेका थिए ।
समाचार स्रोतका अनुसार अध्यक्ष विसीले भकुराई खाएपछि वडाध्यक्षका लुगाहरु सडक पेटीमा फालि दिएको चर्चा बजारमा छयाप्छयाप्ती छ ।
पालिका प्रमुखबाट रुष्ट ति वडाध्यक्षले प्रमुख काठमाडौंमै हुँदा किर्तिपुरको एक रेष्टुरेण्टमा पार्टी निकटका युवाहरु संग भेला गरेर अध्यक्षका गतिविधिबारे सुनाएका थिए ।
भेलामा सहभागी ती युवाहरुले अध्यक्षको गतिविधि बारे भण्डाफोर गरेर जान सुझाव दिएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ