बिहिबार, फाल्गुन १, २०८१

यौनकाण्डले हरिबिजाेग एमालेका नेता


कान्तिपथ


लामो समयदेखि विभिन्न प्रलोभन, धम्की र त्रासमा पारेर यौन उत्पीडन गर्दै

गणेश विक, काठमाडौं । कतै नभएको जात्रा हाँडीगाउँमा भनेझै भएको छ अहिले एमालेभित्र ।

केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न अनुशासन आयोगले सिफारिस गरेको छ ।

आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययनसहितको छानबिनपछि आयोगले शाह र महरलाई कारबाही सिफारिस गरेको आयोगका एक सदस्यले जानकारी दिए ।

पार्टी कै एक स्थानीय नेत्रीले आफूलाई लामो समयदेखि शाहले विभिन्न प्रलोभन, धम्की र त्रासमा पारेर यौन उत्पीडन गर्दै आएको उजुरी पार्टी अध्यक्षसमक्ष पेश गरेपछि उनी क्रमशः अप्ठ्यारोमा पर्दै छन् ।

शाहमाथि छानबिन गर्न आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा हर्कबहादुर कुँवर (गोविन्द) र दीपकप्रसाद देवकोटा सदस्य थिए ।

गुलावलाई कारबाही गरेर आफूले पार्टीमा अनुशासन कायम गर्ने कुरालाई प्राथमिकतामा राखी महिला हिंसा कम गर्र्न, यौन दुराचारीविरुद्ध निर्ममतापूर्वक पेश हुन चाहेको सन्देश ओलीले दिन खोजेको रूपमा यो घटनालाई हेरिँदै छ । अहिले पछिल्लो बैठकमार्फत ऐन महरलाई कुनै जिम्मेवारी नदिएको विषयलाई पनि यसैअनुसार लिइएको छ । ओलीले आफ्नो प्रिय पात्र महेश बस्नेतको समेत भूमिका खुम्चाउँदै युवासंघ इञ्चार्जबाट भक्तपुर जिल्लाको इञ्चार्जमा झारेका छन् । हाल युवासंघ इञ्चार्जको जिम्मेवारी राजीव पहाडीलाई दिइएको छ ।

केही समय अगाडि रश्मिला धामीले नेकपा केन्द्रिय सदस्य ऐन महरले आफूमाथि अन्याय गरेको भन्दै न्यायको लागि प्रधानमन्त्रीदेखि गृहमन्त्रीलाई समेत आफ्नो पीडा सुनिदिन आग्रह गरेकी थिइन् ।

जिल्ला बझाङमा घर भएका पूर्वअखिल महरविरुद्ध जवर्जस्तीकरणीको जाहेरी निवेदन प्रहरीले लिन नमान्दा जिल्ला सरकारी वकिलकोमा पुगेकाे दर्ता समेत गरेकी हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत