काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ।
आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो ।
समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बताए ।
उनले भोलिको पत्रिकामा सूचना आउने र संसद् सचिवालयले पनि सूचना राख्ने तथा त्यसैको आधारमा उजुरी दिन सकिने उनले बताए ।
परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको थियो । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो।
जसमा शंकर प्रसाद शर्मा– भारत, नरेशविक्रम ढकाल– साउदी अरब, प्रा. डा. कपिलमान श्रेष्ठ– दक्षिण अफ्रिका, प्राध्यापक धनप्रसाद पण्डित– इजरायल, रामकृष्ण भट्टराई– श्रीलङ्का, सनिल नेपाल– स्पेन, शैल रूपाखेती– जर्मनी, लोकदर्शन रेग्मी– संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे– बेलायत, डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया, जङ्गबहादुर चौहान– रुस, रमेशचन्द्र पौडेल– कतार, प्राडा कृष्णप्रसाद ओली– चीन, सुम्निमा तुलाधर– डेनमार्क, डा. नेत्रप्रसाद तिमल्सिना– मलेसिया, प्रकाशमणि पौडेल– पोर्चुगल, रीता धिताल– पाकिस्तान र कान्ता रिजाल– अष्ट्रेलिया छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ