मङ्लबार, बैशाख ८, २०८३

अवैध लागूऔषधसहित ९ जना कर्याप्यै..!


कान्तिपथ


काठमाडौं । काठमाडौं महानगरपालिका-२६ पवित्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम सहित नागर्जुन नगरपालिका-७ घर भएका ३५ वर्षीय मणिराज गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-७ शिबचोकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल २ हजार ४ सय ट्याब्लेट र नगद २९ हजार ८ सय रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका बस्ने मकवानपुर टिस्टुङ पालुङ घर भएका २६ वर्षीय समिर लामा र काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने नुवाकोट घर भएका २४ वर्षीय सिजन श्रेष्‍ठ रहेका छन् ।

प्रहरी बिट अर्यालगाँउबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ५८ ट्याब्लेट सहित भारत बेतिया टाउन थाना-१० बस्ने २४ वर्षीय मोहम्मद अलबाजलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २६६६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकपोष्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित मुगु छायाँनाथ गाउँपालिका-११ बस्ने २० वर्षीय चन्द्र बहादुर साउदलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै धनकुटाकाे साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा ७ सय ३६ किलोसहित पाख्रीबास नगरपालिका-१० बस्ने २६ वर्षीय सुजन भन्ने टंक बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.८ ख १२६८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक टंक बहादुरलाई पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-५ पवित्रावस्तीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५१ मिलिग्राम सहित सोही नगरपालिका-५ पवित्राबस्ती बस्ने १९ दिनेश नेपाली र १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गुलरिया र अस्थाई प्रहरी पोष्ट गजरौलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै कैलालीकाे धनगढी उपमहानगरपालिका-१५ उर्माबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय राम किसोर रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत