मङ्लबार, बैशाख ८, २०८३

पोर्चुगल पठाइदिने भन्दै ५ लाख ठग्ने दीपा चन्द कर्याप्यै..!


कान्तिपथ


काठमाडाैं । बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाउने भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–२ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने वर्ष २७ की दिपा चन्द रहेकी छन्।

दीपाले आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर ठिमीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । – फाइल तस्बिर



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत