मङ्लबार, बैशाख ८, २०८३

धारिलो हतियार देखाएर लुटपाट गर्ने ५ जना पक्राउ


कान्तिपथ


कास्की । धारिलो हतियार देखाई सुनको सिक्री र नगद लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१८ बस्ने ३७ वर्षीय देवन गुरूङ, सोही ठाउँ बस्ने १९ वर्षीय आजित रूचाल भन्ने हितमान सार्की, सोही महानगरपालिका-५ बस्ने तनहुँ ब्यास नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर, पोखरा महानगरपालिका-४ गणेशटोलस्थित बिकास सुनचाँदी पसलका संचालक नारायण प्रसाद विक र एसपि मान्मा ज्वलेर्सका संचालक प्रशान्त मान्मा रहेका छन् ।

पोखरा महानगरपालिका-६ लेकसाईडस्थित बाटोमा हिँडिरहेकी २० वर्षीया महिलाको २ तोला बराबरको सुनको सिक्री १ थान, नगद १२ हजार रूपैयाँ र ज्याकेट आइतबार स्कुटर र मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले चक्कु देखाई डर त्रासमा पारी लुटी फरार रहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले घटनामा संलग्न आजित, हितमान र १८ वर्षीय किशोरलाई सिक्री बेचेर आएको नगद १ लाख ३ हजार ५ सय रूपैयाँ, घटनामा प्रयोग भएको ग.८ प ६९२४ नम्बरको स्कुटर र ग.११ प ९८२७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा नारायण प्रसाद र प्रशान्तले सुनको सिक्री खरिद गरेको खुल्न आएपछि उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत