मङ्लबार, बैशाख ८, २०८३

बेहुली खोज्दै नेपाल आएका चिनियाँसहित ३ जना कर्याप्यै..!


कान्तिपथ


काठमाडौं । नेपाली युवती बिहे गर्न नेपालमा आएका एक चिनियाँसहित ३ जना पक्राउ परेका छन् ।

१४ वर्षिया किशोरीसँग जर्बजस्ती बिहे गर्न खोजेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक झि मिङ चेन, पोखराका सरु विक र लमजुङकी भगवती अधिकारी छन् ।

उनीहरुले एक किशोरीलाई पोखराको लेकसाइडस्थित होटल मिराकलमा राखी सो चिनियाँसँग बिहे गराउने प्रयास गरेका थिए । पछि बालिका भागेर प्रहरीको सम्पर्कमा पुगेपछि प्रहरी होटलमा गएर उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुविद्ध मानव बेचबिखनको कसुरमा कारबाही अघि बढेको प्रहरीले जनाएको छ ।

चिनियाँहरु बिहेका लागि युवती खोज्दै नेपाल आउने गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत