शनिबार, भदौ २२, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • खुकुरी प्रहार गरेको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्ष वली पक्राउ

खुकुरी प्रहार गरेको आरोपमा एमालेबाट निर्वाचित वडाध्यक्ष वली पक्राउ


कान्तिपथ


काठमाडौ । दुई जना युवालाई खुकुरी हानेको अभियोगमा बाँकेको राप्ती सोनारी गाउँपालिकाका-२ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’लाई प्रहरीले पक्राउ गरेको छ ।

एमालेबाट निर्वाचित ज्ञानेन्द्रले बाँकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की अनुसार घाइतेलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर छ ।

सामान्य विवादमा वडाध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटा लगायत करिब एक दर्जन युवासमूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

वडाध्यक्ष वली गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेको बाँके प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत