रुसको कुर्स्क क्षेत्रमा आफ्नो आक्रमण जारी राखेको युक्रेनले दोस्रो रणनीतिक पुल ध्वस्त बनाएको जानकारी दिएको छ ।
युक्रेनको सेनाले आइतबार पुल ध्वस्त बनाएको भिडियो सार्वजनिक गरेको हो ।
सो पुल ज्भानोईको सेयम नदीमा बनेको दाबी गरिएको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी आक्रमणलाई विफल पार्न बफर जोन निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए ।
सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरे यता युक्रेनले रुसमा अहिलेसम्मकै ठुलो कारबाही गरिरहेको छ । यो कारबाही विगत दुई हप्तादेखि जारी रहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ