शुक्रबार, अशोज ४, २०८१

३ जनाविरुद्ध जाहेरी दर्ता

सामूहिक बलात्कार


कान्तिपथ


एक महिना बितिसक्दा समेत प्रहरीले आरोपितहरुलाई पक्राउ गरेकाे छैन् ।
  • चेतावनी : यो समाचारमा समेटिएका कतिपय विवरणले तपाईँलाई विचलित पार्न सक्छन्। पीडितको सुरक्षाका कारण नाम गाेप्य राखिएकाे छ : सम्पादक

काठमाडौं । ललितपुरको सानेपामा एक महिलामाथि सामूहिक बलात्कारको प्रयास भएको छ ।

बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता समेत भएको छ ।

रौतहट घर भएकी एक महिला सानेपास्थित श्रीमानको डेरा कोठामा साँझ ७ बजेतिर आइपुगेकी थिइन् ।

पीडित महिलाका अनुसार त्यतिबेला उक्त कोठामा उनका देवर मात्रै थिए । श्रीमान् काममा गएका थिए । उक्त कोठामा दुई व्यक्ति प्रवेश गरेर आफूमाथि बलात्कारको प्रयास भएको उनको दाबी छ ।

बलात्कार प्रयास गर्नेलाई आफ्ना देवरले समेत सहयोग गरेको उनको आरोप छ ।

पीडित महिलाका देवरका साथै रौतहटको विश्रामपुर घर भएका अन्दाजी ३२ वर्षीय सचिन यादव, रौतहटकै परोहा नगरपालिका–४ घर भएका अन्दाजी २२ वर्षका बिपुल यादव समेत ३ जना व्यक्तिले आफूमाथि बलात्कारको प्रयास गरेको पीडित महिलाको दाबी छ ।

घटना ३१ असारको हो । घटना भएको एक महिना बितिसक्दा समेत प्रहरीले आरोपितहरुलाई पक्राउ नगरेको उनको गुनासो छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत