काठमाडौं। एससी-एसटी आरक्षणमा कोटाको निर्णयको विरोधमा आरक्षण बचाओ संघर्ष समितिले भारत बन्दको घोषणा गरेको छ ।
एससी-एसटी आरक्षणमा सर्वोच्च अदालतको हालैको फैसलाको विरोधमा यो भारत बन्द आह्वान गरिएको हो ।
बहुजन समाज पार्टी, एनडीए सहयोगी चिराग पासवान, महाराष्ट्र नेता प्रकाश अम्बेडकर, राजस्थानका समाजसेवी संस्थाहरूले विशेष गरी भारत बन्दको घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बन्दको समयमा आपतकालीन सेवाहरूलाई छुट दिइएको छ । बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म घरबाहिर ननिस्कन पनि सर्वसाधारणलाई अपिल गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ