शुक्रबार, भदौ २८, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • २१ प्रहरी अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसादको इजलासमा

२१ प्रहरी अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसादको इजलासमा


कान्तिपथ


काठमाडौं। ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै नेपाल प्रहरी अधिकारीहरुले दायर गरेको रिट प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जनाले दायर गरेको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी तोकिएको हो।

उमेर हद बाँकी रहेपनि सेवा अवधि ३० वर्ष पूरा भएको कारण नेपाल प्रहरीका ९० जना अधिकारीहरु आगामी भदौ १५ गतेदेखि अवकाश जाँदैछन्।

उमेर हद बाँकी रहेसम्म प्रहरी सेवामा रहन पाउनुपर्ने भन्दै उनीहरुले रिट दायर गरेका हुन्।

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत