काठमाडौं । इजरायलमा आपतकाल घोषणा गरिएको छ । हिजबुल्लाहसँगको तनाव उत्कर्षमा पुगेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशभर आपतकाल घोषणा गरेका हुन् ।
प्रधानमन्त्री नेतन्याहूले हिजबुल्लाहको विभिन्न केन्द्रमाथि आक्रमण गरिएको हुँदा उसको जवाफी कारबाहीलाई ध्यानमा राखी ४८ घण्टाका लागि देशभर आपतकाल लागू गरिएको बताएको बीबीसीले जनाएको छ ।
राजधानी तेल अभिवमा इमरजेनसी नेशनल सेक्योरिटी मिटिङ्गलाई सम्बोधित गर्दै भने, ‘हामी आफ्नो देशको रक्षा गर्न र आफ्ना नागरिकलाई सुरक्षित रूपले उनको घरसम्म पुर्याउनका लागि तयार छौं । जोकोहीले हामीलाई चोट पुर्याउने काम गर्छ हामी पनि उसलाई चोट दिन्छौं ।’
उनले इजरायली सेना हिजबुल्लाहको आक्रमणको तयारीबारे पत्ता लगाउन दिनरात खटिरहेको पनि बताए । आइतवार उत्तरी इजरायलमा रकेट आक्रमणका कारण साइरन बज्न थालेको छ । हालसम्म आक्रमणमा भएको मानवीय वा अन्य क्षतिबारे कुनै जानकारी सार्वजनिक भएको छैन ।
आईडीएफले एक बयान जारी गर्दै हिजबुल्लाहले लेबनानको तर्फबाटे ३२० भन्दा बढी रकेट आक्रमण गरिएको दावी गरेको छ । यता हिजबुल्लाहले भने यसलाई इजरायलमाथिको ‘पहिलो चरण’ को आक्रमण भनेको छ । उसले अझै आक्रमण गर्ने चेतावनी दिएको छ ।
हिज्बुल्लाहले एउटा विज्ञप्तिमार्फत इजरायलमाथिको रकेट हमला फुआद शुकरको हत्याको बदला भएको बताएको छ । सिया समूहका वरिष्ठ सैन्य कमाण्डर शुकर जुलाईमा इजरायलले गरेको हवाई हमलाबाट लेबनानको राजधानी बेरुतमा मारिएका थिए । इजरायल–हमास (प्यालेस्टाइन) तनाब मत्थर भइनसकेको अवस्थामा इजरायलले लेबनानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा नयाँ तनाबको अवस्था सिर्जना भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ