काठमाडौ । नेपाल प्रहरीको ३० वर्षे सेवाअवधिसम्बन्धी भ्याकेटको निवेदनको सुनुवाई आज हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र विनोद शर्माको इजलासमा परेको उक्त भ्याकेटको पालो दोस्रो नम्बरमा रहेको छ ।
गृहमन्त्रालयले नेपाल प्रहरीको सेवाअवधिबारे सर्वोच्चको फैसलाविरुद्धको भ्याकेट निवेदन महान्यायाधिवक्ता कार्यालय मार्फत् दर्ता गराएको हो ।
सर्वोच्च अदालतमा नेपाल प्रहरीका एसएसपी जीवन श्रेष्ठसहितका अधिकृतले गत बुधबार दायर रिटमा सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले बिहीबार ‘तत्काल अवकाश पत्र नथमाउनु’ भन्ने अन्तरिम आदेश दिएपछि सरकारले भ्याकेटमा निर्णय गरेको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ