आइतवार, माघ ६, २०८१

ग्रीस पठाइदिन्छु भन्दै २ लाख ६० हजार ठग्ने व्यक्ति पक्राउ


कान्तिपथ


काठमाडौ । वैदेशिक रोजगारमाआकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गोकुलगंगा गाउँपालिका–३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने ४२ वर्षीय सूर्य बहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उनले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत