बुधबार, भदौ २६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • वन्य जन्तुको शिकार गर्दै गर्दा पूर्ब डिआइजीसहित १० जना पक्राउ

वन्य जन्तुको शिकार गर्दै गर्दा पूर्ब डिआइजीसहित १० जना पक्राउ


कान्तिपथ


काठमाडाैं । नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञान विक्रम शाहसहित अन्य १० जना पक्राउ परेका छन् ।

इटहरी निवासी शाह र बहालवाला सईसहित १० जनालाई सप्तकोशी नदी किनार क्षेत्रबाट पक्राउ बुधबार मध्यराती मधेस प्रदेश प्रहरीले पक्राउ गरेको हो ।

वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न पूर्वडीआईजी र बहालवाला प्रहरीलाई पक्राउ गरिएको हाे ।

बहालवाला सइ विराटनगर महानगरपालिका–३ का ४४ वर्षीय सञ्जय न्यौपाने लगायत १० जनालाई प्रहरीले बुधबार पक्राउ गरेको स्राेतले जानकारी दिएकाे छ।

स्रोतका अनुसार उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीको भारदह क्षेत्रबाट पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरूले प्वाइन्ट २–२ क्यालिबर राइफल लिएर वन्यजन्तुको अवैध सिकार गरिरहेको खुलेको छ ।

उनीहरू सहित पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–१ का ५१ वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी–२ का ५१ वर्षीय जनार्दन राउत, हुनमाननगर कंकालिनी–३ का ५१ वर्षीय शंकरप्रसाद यादव, हुनमाननगर कंकालिनी–५ का २३ वर्षीय ओमशंकर प्रसैला, हुनमाननगर कंकालिनी–८ का ३७ वर्षीय आकाश यादव, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र इटहरी उपमहानगरपालिका–२० का ३३ वर्षीय प्रदीप लिम्बू रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट राइफल १, म्याग्जिन २, गोली १५ राउण्ड, बाइनाकुलर ३, ट्राइपोर्ट १ फलामको हथौडा १, खुर्पा १, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कोरपिओ गाडी, को २ त ६९ नम्बरको ट्याक्टर र एउटा मृत बँदेल बरामद गरिएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

गोली हानेर मारेको अवस्थामा बँदेल फेला परेको जनाइएको छ । मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत