बुधबार, भदौ २६, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • प्रहरीको ३० वर्षे सेवा अवधि विवाद : सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

प्रहरीको ३० वर्षे सेवा अवधि विवाद : सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज


कान्तिपथ


काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ ।

न्यायाधीशद्धय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरेको हो ।

योसँगै यही भदौं १६ गते २१ जना प्रहरी अधिकृत अवकाशमा जाने भएका छन् ।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहितका २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेको रिटमा यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो। 

प्रहरी अधिकृतहरूले भदौ ५ गते रिट दर्ता गराएका थिए भने सरकारले भदौ १२ गते भ्याकेटको निवेदन दर्ता गराएको थियो ।

दुवै निवेदनलाई साथै राखेर सर्वोच्चले आज सुनुवाइ गरेको हो ।

यस बिषयमा थप समाचार पढ्नलाई तलको लिङ्कमा क्लिक गर्नुहाेस् ।

https://kantipath.com/?s=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B+%E0%A5%A9%E0%A5%A6+%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A5%87+%E0%A4%B8%E0%A5%87%E0%A4%B5%E0%A4%BE


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत