शुक्रबार, चैत्र २७, २०८२

ट्रम्पलाई सजाय राष्ट्रपति निर्वाचनपछि सुनाइने


कान्तिपथ


काठमाडौँ । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई म्यानहट्टन हश मनी आपराधिक मुद्दामा सुनाइने भनेको सजाय नोभेम्बरमा हुने राष्ट्रपति चुनावसम्म स्थगित गरिएको छ ।

न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय नोभेम्बर २६ सम्म स्थगित गर्ने निर्णय गरेका हुन् ।

ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार समेत हुन् । यस प्रकरणमा उनको सजायको घोषणाको मिति सेप्टेम्बर १८ मा तोकिएको थियो, तर राष्ट्रपति निर्वाचनलाई प्रभवित गर्ने भन्दै ट्रम्पका वकिलहरूले उनको सजाय स्थगित गर्न प्रयास गरेका थिए ।

मे महिनामा, न्यूयोर्कको एक निर्णायक मण्डलले ट्रम्पलाई फर्जी व्यापार रेकर्ड र अपराध गरेकोमा दोषी ठहर गरेको थियो । अमेरिकामा पूर्व राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरेको यो पहिलो पटक हो । न्यायाधीशले यो निर्णयमा अमेरिकी चुनावले कुनै असर नपरोस् भन्ने निर्णय गर्नुपर्ने पनि बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत