काठमाडौं । ललितपुरको एकान्तकुनामा अवैध रूपमा कल सेन्टर चलाई ठगी गरेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा हानेर ५० जनालाई पक्राउ गरेको छ।
अवैध रूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा एकान्तकुनाबाट ५० जनालाई पक्राउ गरेको हाे।
उनीहरूले एउटा सिंगै घर भाडामा लिएर अवैधरूपमा कल सेन्टर सञ्चालन गरेको आरोप छ ।
सीआईबीले पक्राउ परेकामाथि थप अनुसन्धानअघि बढाएको एआईजी दीपक थापाले कान्तिपथ डटकमलाई बताएको छ।
सीआईबीले पक्राउ गरेका मध्ये दुई जना चिनियाँ, एक जना फिलिपिन्सका नागरिक र अन्य सबै नेपाली रहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ