काठमाडौं । प्रहरीले वीरगञ्जबाट लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका-२ डम्पिङ साइडबाट भारत उत्तर प्रदेश कुडोल फतेहावादका गोपाल गिरीलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा गरीले बोकेको प्लाष्टिकको झोलामा करिब ३ किलोग्राम चरेस फेला परेको थियो ।
पक्राउ परेका गिरीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ