काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतकी श्रीमती शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन् ।
सीकेकै कारण आफूलाई असुरक्षा भएको भन्दै सोनी सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा पुगेकी हुन् ।
सीकेले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । राउतले श्रीमतीसँग छोडपत्र माग गरेर अदालतमा रिट दायर गरेका छन् ।
उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ । राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । २०७९ मंसिरको प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी एक वर्षमै राष्ट्रिय दल बन्न सफल भएको थियो ।
सप्तरीमा जन्मिएका राउतले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन् । उनले बेलायतको क्याम्ब्रिज विश्व विद्यालयबाट विद्यावारिधि गरेका छन् ।
यस समाचारमा प्रयोग गरिएको युवतीको तस्बिर गुगलबाट साभार गरिएको हाे : सम्पादक
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ