काठमाडौं । ‘नेशनल डे कन्सर्ट’मा सर्वसाधारणहरूले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर उत्सव मनाइरहेका छन् भने राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो सांगितिक प्रस्तुती दिइरहेका छन् ।
कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकारहरु आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको प्रस्तुति रहनेछ । कन्सर्टमा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी हुनेछन् ।
‘नेसनल डे कन्सर्ट’ को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका गरी पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
सो क्षेत्र भएर आवतजावत हुने सवारीसाधनलाई आज राति आठ बजेसम्मका लागि डाइभर्ट गरिएको छ भने विभिन्न पायक पर्ने ठाउँमा पार्किङ तोकिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवसको अवसर पारेर सरकारले दरबारमार्गमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको हो । तस्बिर : विमलबहादुर बिष्ट/रासस
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ