काठमाडौँ । ९ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । १२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा (भीमसेन स्तम्भ)को छेवैमा अर्को उस्तै धरहरा बनेसँगै बिहीबारबाट सर्वसाधारणका लागि प्रवेश खुला गरिएको हो ।
सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । विभागका अनुसार प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ । प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउनेछन् ।
हिजाे बिहानैदेखि धरहरा चढ्न मानिसहरू टिकट काउन्टर अगाडि ठेलमठेल गरी लाइनमा बसे । केही मानिस टिकट नै नकाटी भित्र छिरे । सरकारले टिकट काट्नेलाई पनि शुल्क त लिइएको छैन । तर व्यवस्थित तवरले सुरक्षा व्यवस्था मिलाउन नसक्दा अवलोकन गर्न आउने धेरै मानिसहरुले कष्ट भोग्न पर्यो ।
२०७२ सालको भूकम्पले धरहरा ढलेपछि नयाँ धरहरा निर्माण गरेर तीन वर्षअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेका थिए । तर त्यतिबेला धरहरा निर्माण सकिए पनि अन्य संरचना निर्माण बाँकी रहेको थियो । धरहराको काम अझै सम्पन्न भइसकेको छैन । यद्यपि संविधान दिवसकै अवसर पारेर सरकारले बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।
धरहरा चड्न उत्साहित हुँदै हजारौं मानिस गए तर प्रहरीले व्यवस्थित रुपमा सुरक्षा दिन नसक्दा धेरैले कष्ट मात्रै भोग्नुपर्यो । प्रहरीले लाइनबाट आएकोलाई भन्दा पनि आफ्नो मान्छे हेरेर भित्र पठाउँदो रहेछ , धरहरा चढ्न आएका एक सर्वसाधारणले भने `प्रहरीले सुरक्षा व्यवस्था नै मिलाउन सकेन । मान्छेलाई फोकटमा दु:ख दिन मात्रै जानेका छन् ।
त्यस्तै झापाबाट रिपोर्टिङ गर्न आएका पत्रकारलाई समेत प्रहरीले भित्र छिर्न दिएनन् । `हामी झापादेखी आएको भित्र छिर्नै दिएनन् उनले भने। धरहरा चढौँ र रिपोर्टिङ पनि गरौं भन्दै आएको भित्र जान खोज्दा एकछिन बस्नुस भनियो । बसेको एक घण्टा भयो । तर खै किन हो अझै जान दिएनन् ।´
पछि आएका मिडियालाई प्रवेश दिएपनि आफुहरुलाई नदिएको ती पत्रकारले बताए । उनीहरुले क्यामेरा नभएको कारण प्रवेश गर्न नदिएको आशंका व्यक्त गरे । `हामीले क्यामेरा ल्याएनौं । अहिले मोबाइलबाटै समाचार अपडेट गर्न सकिन्छ । तर, हामीलाई क्यामेरा खै भन्दै उल्टै सुरक्षामा खटिएका इन्सपेक्टर देबेन्द्र राज जोशीले दुर्व्यवहार गरेकाे एक जना पत्रकारले भिडियाे प्रमाणसहित कान्तिपथलाई दिएकाे छ।
धरहरा प्रवेश गेटमा इन्सपेक्टर जोशीको नेतृत्वमा सुरक्षा टोलि खटिएकाे थियाे । जोशी जनसेवा वृत काठमाडौँ विशालबजारमा कार्यरत छन् ।
आफुले पटक-पटक अनुरोध गर्दा पनि इन्सपेक्टर जोशीले दुर्व्यवहार गरेको उनको आरोप छ । रास्ट्रको चौथो अंगको रूपमा चिनिने मिडियालाई इन्सपेक्टर जोशीले नचिन्ने बताउँदा आफुलाई दु:ख लागेको उनले बताए ।
धरहरा चड्नेहरु भने खुशी भएका छन् । धरहराको टुप्पोमा पुगेर फर्किएकाहरुको ओठमा मुस्कान देखिन्थ्यो ।
त्यस्तै सहरी विकास मन्त्रालयका प्रवक्ता बिनु बज्राचार्य कुंवरले परीक्षणकालमा सर्वसाधारणलाई निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पूर्ण रूपमा निर्माण कार्य सकिएपछि भने शुल्क लिएर चढ्ने व्यवस्था गरिने बताइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ