शनिबार, अशोज १९, २०८१

नेपाल प्रहरीले आर्थिक अपराध अनुसन्धान ब्यूरो स्थापना गर्ने


कान्तिपथ


काठमाडौँ । नेपाल प्रहरीले आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै वित्तीय अपराध अनुसन्धान ब्यूरो स्थापना गर्न प्रस्ताव गरेको छ ।

प्रहरी प्रधान कार्यालयले ल्याएको प्रस्तावबारे आज गृहमन्त्री रमेश लेखकले मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, आईजीपी वसन्त कुँवर र महाशाखाका प्रमुखहरूसँग छलफल गरेका छन् ।

प्रहरीले चाडै ब्युरो बनाउँदा १४२ जना प्रहरी कर्मचारीको नयाँ दबरबन्दी थप्न प्रस्ताव गरेको छ ।

आर्थिक अपराधका घटना दैनिक बढिरहेको भन्दै प्रहरीले ब्यूरो स्थापना गर्नका लागि सुरुवातमा नै ५० करोड बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव गरेको छ ।

छलफलपछि गृहमन्त्री लेखकले ब्यूरो स्थापना गर्नेबारे अध्ययन गर्न र सुझाव सहितको प्रतिवेदन दिन समिति गठन गरेका छन् ।

गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख छविलाल रिजालको नेतृत्वमा समिति गठन गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत