मङ्लबार, बैशाख ८, २०८३

दशै तिहार नजिकिदै गर्दा धमाधम जुवाडे पक्राउ


कान्तिपथ


जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगर बबालीचोक बस्ने पदम कुमारी गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा टोखा नगरपालिका-३ बस्ने तनहुँ ब्यास नगरपालिका-१२ घर भएका ५० वर्षीय होम बहादुर थापा मगर समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय रूपैयाँ, १० बुक तास र ग्याम्बलिङ क्वाईन २ सय २० थान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत