शनिबार, अशोज १९, २०८१

हनी ट्रयाप’मा संलग्न ती युवती र एक युवक पक्राउ

‘हनी ट्रयाप’ : इन्स्पेक्टर शाहीलाई निलम्बन गर्न सिफारिस


कान्तिपथ


काठमाडाैं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बन गर्न सिफारिस गरेको छ।

ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्स्पेक्टर शाहीको जिम्मेवारी खोसिएको र प्रहरी परिसर ललितपुरले निलम्बन प्रक्रिया पनि अघि बढाएको हो।

ललितपुर प्रहरीले उनलाई निलम्बनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सिफारिस गरेको र रानीपोखरीले हेडक्वार्टर नक्साल सिफारिस गरेको छ। अब हेडक्वार्टरले गृह मन्त्रालयलाई सिफारिस गर्ने छ।

गृहले निलम्बन गरेपछि बिनुकुमारी यो घटना छानबिन अवधिभर निलम्बनमा पर्नेछिन् भने आरोप पुष्टि भएको अवस्थामा मुद्दा नै खेप्नु पर्नेछ।

उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार, यो काण्डमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ।

ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ।

जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ मोरङ घर भएका एक व्यापारीलाई भैंसेपाटी प्रभागको थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको स्रोतले बताएको छ।

सो कुरा बाहिर आएपछि ललितपुर प्रहरीले हनी ट्रयाप’मा संलग्न ती युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत