शनिबार, अशोज २६, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सैनिकको अवस्थाबारे जानकारी

प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सैनिकको अवस्थाबारे जानकारी


कान्तिपथ


काठमाडौँ । प्रधान सेनापति महारथी अशोकराज सिग्देलले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे भर्चुअल माध्यमबाट जानकारी लिएका छन् ।

छलफल तथा अन्तर्क्रियाको क्रममा युएन मिसनका फोर्स कमान्डर, युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर र सिनियर नेशनल अधिकृतहरूले विशेष गरी लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमहरूको बारेमा प्रधान सेनापतिलाई जानकारी गराएका थिए ।

सोही क्रममा प्रधान सेनापतिले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिए ।

उनले प्रतिकुल अवस्थामा समेत नेपाली शान्ति सैनिकहरूले देखाएको अनुशासन र कर्तव्यपरायणताको उच्च प्रशंसा गरे । 

हाल उक्त मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत