आइतवार, अशोज २०, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • घरमै गएर नगर प्रहरीले गरे किशोरी बलात्कार, २ नगर प्रहरी पक्राउ

घरमै गएर नगर प्रहरीले गरे किशोरी बलात्कार, २ नगर प्रहरी पक्राउ


कान्तिपथ


काठमाडाैं । जनकपुरधाममा घरमै गएर एक किशोरीलाई बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरका २ जना नगर प्रहरी पक्राउ परेका छन् ।

उनीहरु जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत नगर प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे हाे ।

जनकपुरधामस्थित घरमै गएर उनीहरूले बलात्कार गरेको उजुरीपछि प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

घटनामा अरु दुई नगर प्रहरी पनि संलग्न रहेको बताइएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले पीडित नाबालिग रहेको र घटनाको जाहेरी आउन बाँकी रहेको पुष्टि गरे ।

उनले घटना अनुसन्धानक्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम खुलाउन चाहेनन् ।
उता, बलात्कारको सिकार भएकी किशोरीको अस्पतालमा उपचार भइरहेको र उनी १७ वर्षको रहेको बताइएको छ ।

यो घटनापछि जनकपुरधाम उपमहानगर स्थानीय सरकारमाथि पनि जनताको विश्वास घट्ने अवस्था बनेको छ ।

उपमहानगरले भर्ना गरेका नगर प्रहरीले गरेको कुकृत्यले स्थानीय सरकारको सुरक्षा अंगमाथि नै प्रश्न उठेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत