काठमाडौँ । अविरल वर्षाको कारण काभ्रेको रोशीखोला क्षेत्रमा अलपत्रमा परेका बिरामी र यात्रुलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेवेशीसम्म १० भन्दा धेरे ठाउँको सड्क रोशीले कटान गरेको छ ।
पूर्व क्षेत्र र तराईबाट आएर काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ दाउन्ने, वडा नम्बर ८ पिन्थली र नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडामा अलपत्र परेका यात्रुको सशस्त्रले उद्धार गरेको हो ।
जनकपुरबाट एम्बुलेन्समा आएका र दाउन्नेमा ३ दिनदेखि अलपत्र स्पाइनल इन्जुरीको बिरामी लाई सशस्त्रले बाँसको खट बनाएर उद्धार गरेको छ ।
स्पाइनल इन्जुरीको समस्या भएका ६५ वर्षीय रामचन्द्र यादव लाई बाँसको खट बनाएर करिब १५ किलोमिटर बोकेर सेनाको हेलिकप्टरसम्म लगिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
रोशीखोला क्षेत्रमा उद्धार गर्न सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाईँको नेतृत्वमा ६० जना उद्धारकर्मी खटिएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ