सोमवार, अशोज २८, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • पूर्वडीआइजी जोशीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

पूर्वडीआइजी जोशीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज


कान्तिपथ


काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआइजी छविलाल जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले दायर गरेको बन्दी प्रत्येक्षीकरणको रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

आज सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अव्दुल खजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइ भएको उक्त बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको हो । जोशी पोखराको सुर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका उनी अहिले कास्की प्रहरी हिरासतमा छन् ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक रहेका जोशीले त्यहाँ रहँदा सहकारीको ठूलो रकम अपचलन गरेको आरोप छ । जोशीका व्यापारिक साझेदारहरु जीबी राई फरार छन् भने रवि लामिछानेलाई सरकारले अहिलेसम्म पक्राउ गरेको छैन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत