शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु

हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु


कान्तिपथ


काठमाडौँ । लेबनानमा हिजबुल्लाहविरुद्धको जमिनी लडाई लड्न गएका आठ इजरायली सेनाको मृत्यु भएको छ ।

इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सात सैनिक मारिएको जनाएको छ । 

इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ ।

यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन एथान यित्जाकको रूपमा खुलासा गरिएको थियो । कप्तान एथान २२ वर्षका थिए । क्याप्टेन एथान लेबनानमा भूमिगत कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए । कप्तान एथान इगोज युनिटको टोली कमाण्डर थियो, जुन एक एलिट कमाण्डो समूह हो ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत