शनिबार, साउन ३, २०८२

कर्णालीमा चाडपर्व सुरक्षा योजना, ४ हजार ३५१ प्रहरी परिचालन


कान्तिपथ


काठमाडाैं । कर्णालीमा दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना तयार गरिएको छ । प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना २०८१’ तयार गरेको हो ।

दसैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न उक्त योजना लागु गरिएका प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले बताए ।

चाडपर्व सुरक्षा योजना कार्यान्वयन गर्न, गराउनका लागि प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयहरूबाट ४ हजार ३५१ जना प्रहरीहरू परिचालन गरिएको छ ।

चाडबाडको समयमा जुवातास, मापसे गरी झै–झगडा, आपराधिक घटना, सवारी दुर्घटनाका घटनाहरू र बैंक तथा वित्तीय सङ्घ–संस्था लगायतका क्षेत्रहरूलाई लक्षित गरी चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, पाकेटमारी जस्ता आपराधिक गतिविधि निस्तेज र निरुत्साहित गर्न उक्त योजन तयार पारिएको भट्टराईले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत