मङ्लबार, बैशाख ८, २०८३

२८ जुवाडे पक्राउ


कान्तिपथ


काठमाडौं । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ छाप्रेटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ३२ वर्षीय रूदिप ठकुरीसमेत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

यस्तै कैलालीकाे लम्कीचुहा नगरपालिका-२ मोतिपुर बस्ने २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय धनन्जय खनाल समेत ८ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय ३० रूपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस्तै तनहुँकाे म्याग्दे गाउँपालिका-७ बिजयथुम बगैचास्थित चौतारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-७ बस्ने ५८ वर्षीय कृष्ण चन्द्र थापा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय २० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै सुनसरीकाे धरान उपमहानगरपालिका-१५ बस्ने दिल कुमार खवासको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१८ बस्ने ३२ वर्षीय किसन घिमिरे समेत ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ३ सय १५ रूपैयाँ, १३ बुक तास र मोबाइल ४ थान सहित पक्राउ गरेको हो ।

यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत