मङ्लबार, बैशाख ८, २०८३

नेपाल प्रहरी : कोटेश्वरमा फेरी भेटौला कार्यक्रम सम्पन्न


कान्तिपथ



काठमाडौं । चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाउन कोटेश्वरमा समुदाय र प्रहरीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत सामुदायिक सेवा तथा विकास समाज र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त आयोजनामा आयोजित कार्यक्रम कोटेश्वर महादेवस्थानस्थित सभाहलमा सम्पन्न भएको हो ।


सामुदायिक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभासदस्य सुनिल केसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए।


कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका सुनिल केसीले समुदाय र प्रहरीबीच सहकार्यको महत्वलाई जोड दिँदै चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न सबैको सहकार्य आवश्यक रहेको बताए। उनले विजया दशमी, शुभ दीपावली, छठ पर्व २०८१ र नेपाल सम्बत ११४५ को शुभकामना व्यक्त गरे।

प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख डिएसपी बिरेन्द्र गोदारले यस क्षेत्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै स्थानीय समुदायलाई सहकार्य र चाडपर्वको समयमा हुन सक्ने सम्भावित समस्या र चुनौतीहरू समाधान गर्न प्रहरीको तयारी रहेको जानकारी दिए।


उक्त अवसरमा बिदाइ हुँदै गरेका डिएसपी शिवराज बुढाथोकीलाई सम्मान गरिएको थियो। उनले बानेश्वर क्षेत्रमा एक वर्षभन्दा बढी समय सफलतापूर्वक शान्ति सुरक्षा कायम राख्दै सामुदायिक प्रहरीका रूपमा अब्बल भूमिका निर्वाह गरेका थिए। डिएसपी बुढाथोकीलाई स्थानीय समाजसेवी र समुदायका सदस्यहरूले पनि प्रशंसा गर्दै सम्मान व्यक्त गरेका थिए।


कार्यक्रममा महासचिव पदम कुमार रेग्मीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने सह-कोषाध्यक्ष सुवास कुमार रिमालले स्वागत मन्तव्य व्यक्त गरेका हुन्। त्यस्तै नागरिक समाजका तर्फबाट कोटदेवी विध्यानगर समाज सुधार समितिका अध्यक्ष देवराज चौलागाईँले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।


चाडपर्वको समयमा शान्ति सुरक्षा सुदृढ पार्न प्रहरी र समुदायको सहकार्यको महत्वमाथि छलफल गरिएको यो कार्यक्रममा स्थानीय संघ-संस्था, समाजसेवी, बुद्धिजीवी तथा अन्य स्थानीय व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति थियो। समुदाय प्रहरी साझेदारीले चाडपर्वको समयमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने र समुदायमा शान्ति र सद्भाव कायम राख्न सघाउ पुग्ने विश्वास व्यक्त गरिएको छ।


कार्यक्रममा प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक बिरेन्द्र गोदार, प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकी, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक दल कुमार राई, प्रहरी प्रभाव काँडाघारीका प्रमुख राजन थापा , ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक सूर्यप्रसाद पौडेल, प्रहरी निरीक्षक श्यामकुमार कट्टेल, प्रहरी निरीक्षक अच्युत गिरी, पूर्व प्रहरी वरिष्ठ उपरीक्षक लव बिष्ट, गान्धी आदर्श माविका व्यवस्थापक अध्यक्ष गयाप्रसाद उपाध्याय, बुद्धिजीवी समाजसेवी लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत